काठमाडौं । व्यवसायिक घराना ज्योति समूहमा पारिवारिक विवाद कायम रहेको बेला भाई डा. रुप ज्योतिले तत्कालै ग्राण्डी सिटी अस्पताल रहेको भवन खाली नहुने दाई पद्य ज्योतिलाई स्पष्ट पारेका छन् ।
अंशबण्डामा दुई भाईको भागमा परेको कान्तिपथस्थित ग्राण्डी सिटी अस्पतला रहेको भवनको विषयलाई लिएर दुई दाजुभाईबीच विवाद कायम रहेको बेला दाई पद्य ज्योतिले भवन खाली गराउन दबाब दिएपछि भाई डा. रुप ज्योतिले बुधबार विज्ञप्ति निकाले सो भवन तत्काल खाली नहुने स्पष्ट पारेका हुन् ।
डा. ज्योतिले आफूहरुले सहमतिमा नै भवन प्रयोग गर्नुका साथै उपकरणहरु जडान गर्न २० करोड लगानी गरेको र नियमित भाडासमेत बुझाएको अवस्थामा दाई पद्य ज्योतिले विवेक गुमाएर कानुनी अस्त्र प्रयोग गर्दै भवन खाली गर्न दबाब दिएको गुनासो गर्दै आएका थिए । गत साता पद्य ज्योतिको पक्षबाट काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरु आएर एक हप्ताभित्र अस्पताल खाली गर्न चेतावनी दिएर गएका थिए । तर डा. रुप ज्योतिले अस्पतालमा उपचार गराइरहेका सुत्केरी तथा बालबालिकालाई हटाउन मानवीयरुपमा नहुने भन्दै त्यसको प्रतिवाद गरेका थिए । पद्य ज्योतिले भने अदालतदेखि महानगरसम्मले आफ्नो पक्षमा फैसला र निर्णय गरेकाले आफ्नो हिस्साको भवन खाली गर्नुपर्ने अडान राख्दै आएका छन् ।
पद्म ज्योतिको तर्फबाट बहालमा लिएको क्षेत्र खाली गराउन सूचना जारी भएकोप्रति ग्राण्डी सिटी हस्पिटलले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आज मासिक एक लाख ८० हजार बहाल बुझाउने गरी २०७१ सालदेखि उक्त हस्पिटल रहेको क्षेत्र आफूले बहालमा लिएको र पटक पटक गरी चार करोड ३६ लाख २३ हजार ७५० रुपियाँ अग्रिम भुक्तानी भइसकेको स्पष्ट पारेको छ ।
उक्त रकम थप १० वर्षलाई पुग्ने हुँदा बहालमा लिएको क्षेत्र खाली नगर्ने अस्पताल प्रशासनले जनाएको छ । डोर खटाई जबरजस्ती अस्पताल खाली गराउने कार्य गरेमा बृद्ध, गर्भवती महिला, नवजात शिशुुहरु समेतको स्वास्थ्य उपचारमा गम्भीर नकारात्मक असर गर्ने विज्ञप्तिमा उल्लेख छ ।
अहिले नै भवन खाली गराउँदा बिरामीहरुको जिउज्यानमा खतरा हुने, अस्पतालमा जडान गरिएका उपकरण तथा पूर्वाधारहरु तहसनहस हुने हुँदा महानगरपालिकालाई पेश गरेको कार्यतालिका अनुसार बहाल क्षेत्र स्थानान्तरण गरिने अस्पतालको भनाई छ । अस्पताल बन्द नै गराउने नियतले गतिविधि गर्नु अवानवीय र अनैतिक कार्य हो–विज्ञप्तिमा उल्लेख छ ।
दाइ पद्य ज्योतिले विवेक गुमाए, कानुनको अस्त्र देखाएर दुःख दिएः डा. रुप ज्योति
आफ्नै भाईप्रति निर्मम दाई पद्य ज्योति, बिरामीलाई निकालेर ग्राण्डी सिटी अस्पताल खाली गर्न दबाब