माओवादीले बर्षमानलाई पुनः अर्थमन्त्री बनाउने, परराष्ट्रमा नारायणकाजी

Advertisement

काठमाडौं । नयाँ गठवन्धको सरकारमा सहभागी हुन माओवादी केन्द्रले दुई मन्त्रीको नाम टुंग्याएको छ । 

माओवादीले सो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई परराष्ट्र मन्त्रालयको जिम्मोवारीसहित सरकारमा पठाउने निर्णय गरेको छ । 

Advertisement

अर्थ मन्त्रालयमा उपमहासचिव वर्षमान पुनलाई पठाइने निर्णय गरेको । उनी यसअघि पनि अर्थमन्त्री भइसकेका व्यक्ति हुन् । 

यसअघि हितबहादुर तामाङले मन्त्रीको शपथ लिइसकेका छन् ।

गृह मन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आउने लगभग निश्चित भएको छ । 

मन्त्रिपरिषद्मा नेकपा एमालेको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने भएका छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री बन्ने एमाले निकट स्रोतले जनाएको छ ।


 

Advertisement