आज सार्वजनिक बिदामा पनि यी बैंकले सेवा दिने, कुन बैंकका कुन शाखा खुल्छन् ?

Advertisement

काठमाडौं। आज महाशिवरात्रि पर्व तथा नारी दिवस । यही अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । यद्यपि केही बैंकहरूले भने सार्वजनिक बिदाका दिन पनि सेवा नरोक्ने भएका छन् । ग्राहकको आवश्यकतालाई केन्द्रमा राख्दै अधिकांश वाणिज्य बैंक तथा विकास बैंकले बैंकिङ सेवा दिने भएका हुन् । यद्यपि, सेवा दिने सबै बैंकका सबै शाखा भने खुल्ने छैनन् । केही सीमित शाखाचाहिँ खुल्ने भएका हुन् । 

कुन बैंकको कुन शाखा खुला ?

Advertisement

सार्वजनिक बिदा अर्थात् आज हिमालयन बैंकका उपत्यकाभित्र ठमेल, पाटन, न्युरोड, मध्य बानेश्वर, सुन्धारा र कौशलटार शाखा खुला रहनेछन् । त्यस्तै, उपत्यकाबाहिर भने पोखरा (सभागृहचोक), नारायणघाट, हेटौंडा–२, वीरगन्ज–दुई, जनकपुर–२, विराटनगर–दुई, बिर्तामोड, बुटवल–२ र नेपालगन्जका दुईवटा शाखा खुला रहनेछन् बैंकले जनाएको छ । 

त्यस्तै, माछापुच्छ्रे बैंकले पनि आज बैकिङ सेवा दिने भएको छ । जसमा बागमती प्रदेशअन्तर्गत न्युरोड, कोटेश्वर, पुतलीसडक, बनेपा, सूर्यविनायक, नारायणगढ र हेडौंटा रहेका छन् । 

मधेशमा लहान र आदर्शनगर, लुम्बिनीमा भैरहवा र नेपालगन्ज, कर्णालीमा वीरेन्द्रगर, कोशीमा बिर्तामोड, दमक, इटहरी, विराटनगर, सुदूरपश्चिममा धनगढी र कञ्चनपुर तथा गण्डकीमा नयाँ बजार पोखरा, बेनी र दमौलीका शाखा खुला रहने बैंकले जनाएको छ । 

त्यसैगरी सानिमा, एनएमबि, लक्ष्मी सनराइज, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंकले पनि आज शिवरात्रिका दिन बैंकिङ सेवा दिने भएका छन् । 

 

undefined

null

undefined

null

null

null

null

Advertisement

Advertisement