अहिले लगानी सम्मेलन गर्न उचित समय छैन, औचित्य पुष्टि हुन्नः खतिवडा

Advertisement

काठमाडौं । पूर्वअर्थमन्त्री युवराज खतिवडाले लगानी सम्मेलन सफल बनाउनको लागि सरकारले कुटनीतिक पहल गर्न आवश्यक रहेको बताएका छन् । उनले आगामी वैशाख १६ र १७ गते गर्न लागेको लगानी सम्मेलन अघि सरकारले दुतावासहरुमार्फत कुटनीतिक पहल गर्न आवश्यक रहेको बताए । 

नानसँगको कुराकानीमा खतिवडाले लगानी सम्मेलनलाई सफल बनाउनको लागि कुटनीतिक पहल गर्न राजदुतहरुलार्ई सक्रिय बनाउनुपर्ने बताए । उनले लगानी सम्मेलनको सरकारले औचित्य पुष्टि गर्नसक्ने अवस्था नभएको बताए । सरकारले लगानी सम्मेलन गर्दा लगानी सम्मेलनको औचित्य पुष्टि हुन जरुरी हुन्छ भन्दै खतिवडाले अहिले लगानी सम्मेलन गर्ने उचित समय नभएको बताए । 

Advertisement

उनले मुलुकमा कुनै नयाँ परिस्थिति सिर्जना नभएकाले हतारमा लगानी सम्मेलन गर्नु आवश्यक नदेखिएको बताए । खतिवडाले अघिल्ला लगानी सम्मेलन मुलुकमा नयाँ संविधान र संविधानमा भएका निजी क्षेत्रसँग सम्बन्धि भएका व्यवस्था चिनाउने र अवसर देखाउन सम्मेलन आवश्यक भएको बताए । उनले नेपाल लगानीको लागि सम्भाव्य गन्तव्य नेपाल भएको कुरा विदेशी राजदूतहरुले पनि आफ्नो देशलाई भन्न सक्नुपर्ने धारणा राखे । 

खतिवडाले लगानी सम्मेलनको लागि सरकारले सबै दातृ निकायहरुलाई परिचालन गर्नुपर्ने बताए । उनले सरकारले कुटनीतिक पहल गर्न ढिला भएको भन्दै कम्तिमा ३ महिना अगाडि तयारी गर्नुपर्ने बताए । खतिवडाले ढिलो गर्दा लगानी सम्मेलनको अर्थ नहुने दाबी गरे । 

उनले सरकारले लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई देखाउने आयोजनाहरु तयार बनाउन सुझाव दिए । पूर्वमन्त्री खतिवडाले सरकारसँग सम्भाव्यता भएका र विस्तृत सम्भाव्यता डीपीआर भएका आयोजनाहरुलाई देखाउन सक्नुपर्ने बताए । त्यस्ता आयोजनाका लागि लगानी बोर्ड र उद्योग मन्त्रालयको बीचमा समन्वय आवश्यक रहेको उनले बताए । 

Advertisement

Advertisement