सुन प्रकरणमा मुछिएका माओवादी नेता महरा पक्राउ परे

Advertisement

काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

महरालाई कपिलवस्तुबाट पक्राउ गरिएको र काठमाडौं ल्याउन लागिएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गर्न गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका थिए । 

Advertisement

त्यसअघि सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । 

यसअघि महरासँग आयोगले बयानसमेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

महरा सभामुख हुँदै आफ्नै महिना कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेर केही समय जेल जीवन समेत बिताएका थिए ।

पछि पीडितलाई बयान फेर्न लगाएर उनलाई चोख्याउने प्रयास भएको थियो । 

Advertisement

Advertisement