महरालाई सात दिन हिरासतमा राख्न अनुमति माग, चार दिन मात्रै स्वीकृति

Advertisement

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले भने उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न दिन माग गरेको थियो । 

Advertisement

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको छानविन आयोगले मुद्दा चलाउन सिफारिस गरेपछि गृहमन्त्री रवि लामिछानेले महरालाई पक्राउ गर्न निर्देशन दिएका थिए । आज सोमबार बिहान उनी कपिलवस्तुबाट पक्राउ परेका थिए । पक्राउ परेपछि महरालाई काठमाडौं ल्याएर छानविन थालिएको हो । 

महराको भेपमार्फत सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङसँग निकट सम्बन्ध देखिएको थियो । उनका छोरा पनि यही प्रकरणमा मुछिएका छन् । 

Advertisement

Advertisement