सम्पत्ति शुद्धीकरणमा गुरुप्रसाद न्यौपाने दोषी ठहर

Advertisement

काठमाडौं । इन्साइडर ट्रेडिङको अभियोगमा गुरुप्रसाद न्यौपाने दोषी ठहर भएका छन् ।  विशेष अदालतले मंगलबार उनलाई दोषी ठहर गरेको हो ।  त्यस्तै, अदालतले सजाय निर्धारणका लागि चैत १५ गते अर्को पेशी पनि तोकेको छ । 

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो । 

Advertisement

न्यौपानेलाई प्रतिवादी बनाउँदै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १३ कात्तिकमा मुद्दा दायर गरेको थियो ।

न्यौपाने रिडी पावर कम्पनी लिमिटेडमा अध्यक्ष थिए। उनले उक्त कम्पनीको शेयर पदमा बहाल रहेकै बखत खरिद–बिक्री गरेको भेटिएको थियो । 

Advertisement