सुनको मूल्य प्रतितोला २ हजार ६ सय बढ्यो, ऐतिहासिक रेकर्ड कायम

Advertisement

काठमाडौं । बिहिबार सुनचाँदीको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । आज सुन प्रतितोला २ हजार ६ सय रुपियाँ र चाँदी प्रतितोला ३५ रुपियाँ बढेको हो । 

नेपाल सुुनचाँदी व्यवसायी महासंघका आज छापावाला प्रतितोला १ लाख २७ हजार ८ सय र तेजावी सुन प्रतितोला १ लाख २७ हजार २ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ५ सय ५५ रुपियाँमा  कारोबार भइरहेको महासंघले जनाएको छ ।

गत फागुन २९ गते सुनको मूल्य तोलाको १ लाख २६ हजार पुगेर रेकर्ड कायम भएको थियो । 

Advertisement