सुन प्रतितोला १ हजार ३ सय घट्यो, चाँदी पनि सस्तियो

Advertisement

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । 

बिहीबार प्रतितोला २ हजार ६ सय बढेको सुनको मूल्य आव प्रतितोला १ हजार ३ सय घटेको हो । त्यस्तै चाँदी हिजो प्रतितोला ३५ रुपियाँ बढेको थियो भने आज प्रतितोला ५५ रुपियाँ घटेको छ । 

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २६ हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख २५ हजार ९ सय रुपियाँमा कारोबार भइरहेको छ । 

यता, चाँदी प्रतितोला १ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

हिजो बढ्दा सुन र चाँदी दुबैको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको थियो । 

Advertisement