मिटरब्याज अपराध नियन्त्रणका लागि जाँचबुझ आयोग गठन

Advertisement

काठमाडौं । सरकारले अनुचित लेनदेन तथा मिटरब्याज अपराध नियन्त्रणका लागि जाँचबुझ आयोग गठन गरेको छ । चैत्र ८ गते बसेको मन्त्रिपरिषद् बैठकले सो अपराध नियन्त्रणका लागि उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षमा पूर्वएआईजी पुस्कर कार्की र संजीव मिश्र सदस्य रहनेगरी ३ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो । 

तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यादेशसहित सो आयोग गठन गरिएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । त्यसैगरी, मन्त्रिपरिषद् बैठकले  डेडिकेटेड फिडर तथा ट्रंक लाईनबाट विद्युत उपभोग गर्ने ग्राहकहरुको विद्युत महशुलसम्बन्धि विवाद निरुपण गर्न रायसहित सरकारसमक्ष प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद १५ दिन अर्थात २०८० चैत्र २५ गतेसम्म थप गर्ने निर्णय पनि गरेको छ । प्रतिवेदनका कामहरु केही बाँकी भएकाले समय थप गरिएको पनि मन्त्री शर्माले बताए । 

Advertisement

Advertisement

Advertisement