काठमाडौं । जीवन बीमक संघले पाँचजना पूर्वसीईओहरुलाई सम्मान गरेको छ।
सम्मानित हुनेहरुमा पूर्वसीईओ रमेशकुमार भट्टरई, मनोजकुमार भट्टराई, कवि पाठक, निर्मल ढकाल र एलपी दासलाई छन् ।
संघले आयोजना गरेको कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पूर्वसीईओहरुलाई सम्मानपत्र प्रदान गरेका हुन् ।
उक्त अवसरमा संघका अध्यक्ष पोषकराज पौडेलले अग्रजहरुको अनुभव र ज्ञानबाट नेपालको बीमा क्षेत्रले अझै धेरै सिक्ने अवसर पाउने बताए ।