उपनिर्वाचन : आज उम्मेदवारविरूद्ध उजुरी दिन सकिने

Advertisement

काठमाडौं । आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने भएको छ । २०८१ वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने र ३ बजेपछि २६ गते बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिकामा उल्लेख छ ।  

Advertisement

त्यसअघि शनिबार उपनिर्वाचन हुने इलाम–२ मा २० जना र बझाङ १ (क) मा  १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

२६ गते बेलुका उमेदवारको नामावली प्रकाशन गर्ने, २७ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ । २७ गते दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।

Advertisement