उपनिर्वाचन : उम्मेदवारविरुद्धका उजुरीमाथि जाँचबुझ र नामावली प्रकाशन आजै

Advertisement

काठमाडौं । उपनिर्वाचनको सन्दर्भमा उम्मेदवारविरुद्ध परेका उजुरीमाथि आज जाँचबुझ गरिने भएको छ । 

निर्वाचन आयोगका अनुसार हिजो बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय थियो । हिजै अपरान्ह ३ बजेपछि २६ गते (आज) बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिकामा उल्लेख छ ।  

Advertisement

त्यस्तै, आज बेलुका उम्मेदवारको नामावली प्रकाशन गर्ने, २७ गते (भोलि) बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ ।

२७ गते दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।

२०८१ वैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

शनिबार उपनिर्वाचन हुने इलाम–२ मा २० जना र बझाङ १ (क) मा  १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

Advertisement