नेपाल र वेस्टइन्डिज 'ए' बीचको खेल तालिका सार्वजनिक

Advertisement

काठमाडौं । टेस्ट टोली वेस्टइन्डिजको ‘ए’ र नेपालबीच हुने पाँचवटा टी–२० खेलको खेल तालिका सार्वजनिक भएको छ । 

वेस्टइन्डिज क्रिकेट बोर्डले तालिका सार्वजनिक गरेको हो । 

Advertisement

नेपाल र वेस्टइन्डिजबीचको पहिलो खेल २७ अप्रिलमा हुनेछ । त्यस्तै दोस्रो खेल २८ अप्रिल, तेस्रो १ मे, चौथो २ मे र पाचौं तथा अन्तिम खेल ४ मेमा हुनेछ ।

टीयु क्रिकेट मैदानमा हुने यी खेल नेपाली समयअनुसार दिउँसो एक बजे सुरु हुने बताइएको छ ।

वेस्टइन्डिज पहिलो पटक नेपाल आउन लागेको हो । 

नेपालले जुनमा हुने टी–२० विश्वकपअघि अन्तिम तयारीका रुपमा वेस्टइन्डिजसँग सिरिज खेल्न लागेको नेपाल क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले जनाएको छ । 

Advertisement