एनआईसी एशिया बैंकले घटायो ब्याजदर, कुनमा कति ?

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले एक सूचना जारी गर्दै वैशाख १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर घटाएको हो ।

वैशाखका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.७५० प्रतिशत कायम गरेको बैंकले यसअघि चैत्र महिनाका लागि अधिकतम ८.५४८ प्रतिशत ब्याजदर दिएको थियो ।

Advertisement

त्यस्तै, बैंकले निक्षेपतर्फ न्यूनतम ७ प्रतिशत र अधिकतम ७.७५० प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा अधिकतम ६.७०० प्रतिशत ब्याजदर दिने भएको छ । यसअघि चैत्र महिनामा संस्थागततर्फ अधिकतम ७.५४८ प्रतिशत ब्याजदर दिएको थियो ।
 

Advertisement