काठमाडौं । बिहिबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ८ सय र तेजावी सुन प्रतितोला १ लाख ३५ हजार १ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी प्रतितोला १ हजार ६ सय ५५ रुपियाँमा कारोबार भइरहेको छ । महासंघले जनाएको छ ।