मानुषी लघुवित्तको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

Advertisement

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारण सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष पद्मासना शाक्यद्वारा प्रस्तुत कम्पनीको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।

Advertisement

साथै, उक्त सभामा संस्थाकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको समग्र अवस्था तथा प्रगतिबारे प्रकाश पारेकी थिइन् । साथै, सभाका सहभागीहरुले राखेको जिज्ञासाको जवाफ पनि दिएकी थिइन् । सभाले चालु आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षकको नियुक्तिको प्रस्ताव पनि पारित गरेको छ ।

Advertisement