क्याम्प–२ देखि चुचुरोसम्मकोे ‘रोप फिक्सिङ’ सेभेन समिट ट्रेक्सको टिमले सुरु गर्ने

‘आइसफल डाक्टर’द्वारा सगरमाथाको क्याम्प-२ सम्मको बाटो खोलियो

Advertisement

काठमाडौं । वसन्त ऋतुका लागि सर्वोच्च शिखर सगरमाथाको आरोहणका लागि आइसफल डाक्टरको टोलीले सगरमाथा आधार शिविरदेखि क्याम्प–२ सम्मको बाटो निर्माण गरेको छ । सो क्षेत्रको बाटो सफलतापूर्वक निर्माण गरेको पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले बताए ।

उनका अनुसार आइसफल डाक्टरको टिमले क्याम्प–२ सम्मको बाटो निर्माण सम्पन्न गरेको छ । उनीहरुले क्याम्प–२ सम्मको बाटो खोल्यो र त्यसपछि क्याम्प–२ देखिको चुचुरोसम्को  ‘रोप फिक्सिङ’ सेभेन समिट ट्रेक्सको टिमले सुरु गर्नेछ । यस पटक सगरमाथाको आरोहण गर्न पुरानै बाटोको निर्माण गरेको बताउर्दै उनले भने, ‘यस वसन्त ऋतृका लागि २०१४ अगाडि प्रयोग गरिने बाटोको नजिकबाट नयाँ बाटो निर्माण गरिएको छ ।’

Advertisement

टोली सगरमाथा आधार शिविरदेखि क्याम्प–२ सम्मको बाटो निर्माण गर्न पूजा गरेर चैत १ गते त्यसतर्फ गएका थिए । आइसफल डाक्टरको टोलीले २०२४ को वसन्त ऋतृको आरोहणका समयमा सगरमाथा, ल्होत्से र माउन्ट नप्तसेमा रुट निर्माण गर्नेछ । 

टोलीमा छिरिङ तेन्जिङ शेर्पा (आधार शिविरका प्रबन्धक), आठ आइसफल डाक्टरहरूः आङ सार्की शेर्पा, दावा नुरु शेर्पा, पेम्बा छिरिङ शेर्पा, ङ्गिमा तेन्जी शेर्पा, नगावाङ चिम्मी शेर्पा, दावा छिरी शेर्पा, दावा जाङ्बु शेर्पा र मिङ्मा शेर्पा छन् । दुई ‘किचेन स्टाफ’ नगावाङ थान्टेन शेर्पा र वाङ्दी गेल्बु शेर्पा र एक जना फोहोर व्यवस्थापनका लागि यमबहादुर लामा छन् । 

त्यस्तै, क्याम्प–२ देखि सगरमाथाको चुचुरोसम्मको ‘रोप फिक्सिङ’ सेभेन समिट ट्रेक्सको टिमले गर्नेछ । सो क्षेत्रमा ‘रोप फिक्सिङ’ टिम लिडर देन्डी शेर्पासहित १० जनाको टिमले केही दिनमा शुरु गर्नेछ । 

Advertisement

Advertisement