काठमाडौं । मनकामना केबलकार आज (शुक्रबार) एक दिनका लागि बन्द हुने भएको छ ।
केबलकारको टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले शुक्रबार केबलकार सेवा बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।
केबलकार शनिबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।
गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामना दर्शन गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटारबाट १० मिनेटमा पुग्नेगरी विसं २०५५ मा केबलकार सेवा स्थापना भएको थियो ।