राशिफलः आज (वैशाख ९) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल वैशाख महिनाको ९ गते आइतबार, चैत्र शुक्लपक्षको त्रयोदशी तिथि । आज महावीर जयन्ती ।

मेष 
परिवारको साथ रहने छ । मनमा दृढता आउने छ भने मनमा सन्तोषको मात्रा कायम हुने छ । पैतृक सम्पत्ति आफू अनुकुल परिचालनको अवसर प्राप्त हुने छ । पेशागत जीवनमा भने अलि सतर्क रहि पाइला चाल्नु नै उपयुक्त हुने छ । दृढ खाले ब्यक्तित्व भए पनि रिसाहा खालको व्यक्तित्व पनि देखिने छ । न्यायिक र राजनीतिक जीवनमा रहेकाहरुलाई समय अशुभ छ । शेयर बजार अनुकुल बन्न सक्ने छैन् ।

Advertisement

वृष 
आम्दानीका स्रोत पहिचानका लागि मेहनत गर्ने स्वाभाव हुने छ । कमाई गर्नु पर्दछ र आफ्नो सपना पुरा गर्नका लागि चुनौतिहरु मोल्न तयार हुने स्वाभाव देखा पर्दछ । बोली नरम हुने भएकाले सबैसँग मिल्न सक्ने स्वाभाव बन्ने छ । परिवारमा भने बेमेलको अवस्था आउने भएकाले सतर्क रहनु होला । शेयर बजारबाट लाभ मिल्ने छ ।

मिथुन 
पेशागत जीवन सामान्य बन्ने छ । तर अपेक्षा गरिएको जस्तो प्रगति पनि हुन सक्ने छैन् । मनमा आउने अत्याधिक धेरै विचारहरुले निर्णय क्षमतामा कमि गराउने छ । बोलीमा कडापन आउने भएकाले परिवारमा कटुताको वातावरण बन्ने भएकाले सतर्क रहनु होला । विश्वास गरेका मित्रहरुले धोका दिने चुनौति देखिन्छ । शेयर बजारबाट फाइदा हुन सक्ने छैन् ।

कर्कट
व्यक्तित्वमा गिरावट देखिने छ । पेशा तथा रोजगारीका क्षेत्रमा बादबिबाद तथा झमेलाको अवस्था निम्तिने छ । रोजगारी तथा पेशामा बाधा तथा अड्चन देखा पर्ने छ । मनमा उदासिनता देखा पर्ने छ । आत्मबलको कमि हुनाले प्रतिकुल समयसँग जुध्न मनोबलको कमि आउने छ । नेतृत्व क्षमतामा कमि आउने भएकाले आवश्यक निर्णय लिन अन्योलताको अवस्था आउने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ ।

सिंह
परिवारका सदस्यहरु बीच आम्दानीका विषयमा एकरुप कायम हुने छ । सामाजिक प्रतिष्ठामा बृद्धि हुने छ भने भुमिकामा पनि फराकिलोपना देखिने छ । दाम्पत्य जीवनमा सुखद् अनुभुति हुने छ । सन्तान सुखमा कमि आउने छ । पेशागत जीवन औसत रहने छ । साझेदारीमा गरिएका काममा पनि प्रगति हुने छ । पाचन प्रणालीसँग सम्बन्धी रोगका विषयमा सतर्क रहनु होला । शेयर बजारबाट फाइदा मिल्ने छ । 

कन्या
भाग्यको साथ कम रहेको छ । जसले गर्दा धेरै मेहनतपछि मात्र कम प्रतिफल प्राप्त हुने छ । मनमा दृढताको कमि हुने हुँदा दुविधात्मक ब्यक्तित्व बन्ने छ । व्यावहारिक रुपमा भने मेहनत र पराक्रमी भावमा बढोत्तरी हुने छ । आम्दानीमा हुने थोरै बृद्धि देखिने छ । बौद्धिक क्षेत्रमा आवद्धहरुलाई कदर प्राप्त हुने छ भने फाइदा पनि मिल्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

तुला 
प्रतिष्पर्धात्मक स्वाभावमा बढोत्तरी हुने छ । जो पायो त्यहीले पटक्कै हेप्न नसक्ने खालको व्यक्तित्व बन्ने छ । व्यापार व्यवसाय तथा पेशामा नयाँ नयाँ अवसरहर प्राप्त हुने छ । सामाजिक जीवनमा शुभ अवस्था कायम हुने छ । दृढ स्वाभाव हुने भएकाले आँटका साथ अघि बढ्ने सोचाई उत्पन्न हुने छ । शेयर बजार मध्यम खालको बन्ने छ ।

वृश्चिक
दृढताले भरिएको साहसिक व्यक्तित्व बन्ने छ । तर बोलीमा भने कडापना देखिने भएकाले सतर्क रहनु नै एक मात्र विकल्प देखिन्छ । भाग्यको साथ रहेकाले पेशागत जीवनमा उन्नति प्रगतिको अवसर प्राप्त हुने छ । व्यापार व्यवसायमा आवद्धहरुलाई पनि नाफा प्राप्त हुने छ । यात्रामा सफलता प्राप्त हुने छ भने नयाँ नयाँ व्यक्तिहरुसँगको सम्बन्ध विस्तारित हुँदा फाइदा मिल्ने छ । शेयर बजार औसत बन्ने छ । 

धनु 
आलोचना गर्नेहरु धेरै भए पनि विचलित नभई अघि बढ्ने स्वाभाव हुने छ । भाग्यको साथ रहेकाले मेहनत अनुसारको फल प्राप्त हुने छ । पेशागत जीवनमा लचक प्रकृतिको सोचाई राख्नु नै उपयुक्त हुने देखिन्छ । आर्थिक अवस्था मध्यम खालको रहने छ । पारीवारिक जीवनमा शान्तिपूर्ण र खुशियाली वातावरण छाउने छ । शेयर बजारबाट लाभ मिल्ने छ ।

मकर 
कमाईका दायराहरु फराकिलो बन्ने छ । नयाँ नयाँ क्षेत्रमा गतिबिधि फैलाउने अवसर प्राप्त हुने छ ।  फराकिलो खालको सोचाईले गर्दा सामाजिकरणमा मद्धत पुर्याउने छ । साझेदारीमा गरिएका काममा भने द्वन्दको अवस्था देखिने छ । यात्रामा कठिनाई उत्पन्न हुने छ । वैदेशिक यात्रामा पनि अवरोधहरु देखिने छ । शेयर बजार औसत खालको रहने छ ।

कुम्भ 
आम्दानीमा हुने बृद्धिले सन्तोष प्राप्त हुने छ । सितल स्वाभाव हुने भएकाले अरुको मन जित्न सकिने छ । चलाख स्वाभावको व्यक्तित्व हुने छ । पेशागत जीवनमा केही अस्वाभाविक समस्याहरु देखा पर्न जाने भएकाले सजग रहनु होला । ब्यवस्थापन, वाणिज्य, पत्रकारिता, ब्यापार क्षेत्रमा आवद्धहरुलाई सकारात्मक समय रहेको छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

मीन
नकारात्मक सोचाई र विचारले सताउने हुँदा मनमा भविष्य प्रतिको चिन्ताले असाध्यै सताउने छ । सकारात्मक विचारहरु मनमा ल्याउने प्रयास गर्नु होला । मनोबलमा कमि हुन जाने छ । भाग्यले साथ रहेकाले आम्दानीमा भने बृद्धि हुने भने आर्थिक अवस्था सन्तुलित बन्ने छ । शारीरिक रुपमा कमजोरी देखा पर्ने छ । शेयर बजार मध्यम रहने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement