भैंसेपाटीस्थित सीजी फुड्स पार्कमा भएको आक्रमणप्रति चौधरी समूहको आपत्ति

Advertisement

काठमाडौं । चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्क, भैंसेपाटीमा आज शुक्रबार अपरान्ह अज्ञात समूहद्वारा आक्रमण गरिएको छ । 

दिउँसो करिव ३ बजे बा ४ ख १०८५ नम्बरको बसमा आएको समूहले आक्रमण गरेको चौधरी समूहको भनाई छ । चौधरी समूहले भनेको छ, ‘नियोजित जत्थाले फुड्स पार्कमा कार्यरत पुरूष र महिला कर्मचारीमाथि पनि हातपात गर्नुका साथै भौतिक सम्पत्तिमाथि तोडफोड गरेको छ ।’ 

Advertisement

फुड्स पार्कमा आउनासाथ उनीहरूले ‘नेपाल सरकार मुर्दावाद’जस्ता नारा लगाउँदै चौधरी ग्रुपका व्यवस्थापकहरूप्रति अभद्र एवं असभ्य व्यवहार गरेका थिए । त्यहाँ कार्यरत महिला कर्मचारीमाथि समेत हातपात हुन थालेपछि फुड्स पार्कमा कार्यरत महिला कर्मचारीहरू प्रतिकारमा उत्रिएको, जसका कारण आक्रमणकारीहरू त्यहाँबाट पछि हटेको चौधरी समूहको विज्ञप्तिमा जनाइएको छ । 

त्यसलगत्तै भैंसेपाटी प्रहरी प्रभागले आक्रमण गर्न आएका मानिसहरुलाई गिरफ्तार गरेको छ । चौधरी समूह नेपालको ठूलो व्यवसायिक घरानामा पर्छ । आफूहरुको उद्योगमाथि दिनदाहाडै भएको आक्रमण अत्यन्तै निन्दनीय छ भन्दै चौधरी समूहले यस घटनाको भत्र्सना गरेको छ । 

यस घटनाले देशको औद्योगिक वातावरणलाई अत्यन्तै नराम्रो असर पुर्याउन सक्ने भन्दै समूहले सचेत पनि गराएको छ । घटनामा संलग्नहरूमाथि कानूनी कार्वाही गर्न, भविष्यमा यस्ता घटना घट्न नदिन एवं औद्योगिक वातावरण कायम राख्नका लागि तत्काल पहल गर्न समूहले आगं्रह पनि गरेको छ । 

Advertisement

Advertisement