शेयर बजार दोहोरो अंकले बढ्यो, सवा २ अर्बको कारोबार

Advertisement

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । निरन्तर घटिरहेको शेयर बजार साताको पहिलो दिन आज भने दोहोरो अंकले उकालो चढेको हो । 

नेप्से उचालिए पनि कारोबार रकम भने सवा २ अर्बमा समेटिएको छ । 

Advertisement

आज बजार १२.२९ अंकले बढेको हो । ०.६२ प्रतिशतले बजार बढ्दा नेप्से १९८४.४३ अंकमा उक्लिएको छ ।

बजार बढेको दिन बैंकिङ र म्युचुअल फण्डबाहेक अरुमा हरियालीस् छाएको छ । 

नेप्सेका अनुसार आज ३१० कम्पनीका ६३ लाख ९३ हजार २ सय ४५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४ सय ५६.८९ रुपियाँ बराबरको कारोबार भएको हो । 

आज दोल्ती पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.८८ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै पिपुल्स पावर लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा कम ७.४६ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज गोर्खाज फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १० करोड २१ लाख ३७ हजार २ सय २७.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।   
 
 

Advertisement