प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाको ३१औँ स्मृति दिवस मनाइयो

Advertisement

काठमाडौं । प्रथम नेपाली महिला सगरमाथा आरोही एवं राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको आज ३१औँ स्मृति दिवस मनाइएको छ । 

स्मृति दिवसका अवसरमा बैसाख १० गते पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले विभिन्न कार्यक्रम आयोजना गरेको हो । 

Advertisement

उक्त अवसरमा गायक एवं आरोही पुरुषोत्तम नेपालीलाई सम्मान गरिएको थियो । पासाङ ल्हामु शेर्पासँग सम्वन्धित रहेर गीत तयार पारेको भन्दै प्रतिष्ठानले उनलाई सम्मान गरेको हो । 

पासाङ ल्हामुले सन् १९९३ अप्रिल २२ तारिखका दिन नेपाली झण्डा संसारकै अग्लो चुचुरो सगरमाथामा पुर्याउन सफल हुनु भएकी थिइन् । उनले चौथौँ पटकमा सगरमाथाको सफल आरोहण गरेकी थिइन् । सगरमाथाको चुचुरोमा पाइला टेकेर सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला बनेर पर्वतारोहणको इतिहास रचिन् । चुचुरोबाट फर्कने क्रममा उनको निधन भएको थियो । 

उनको उपलब्धिले नेपाली महिलाहरु पुरुष जस्तै साहसी र बलियो मात्र नभएर आफ्नो दृढ संकल्प र दृढ चरित्र पनि देखाएको छ । शेर्पाले आफ्नो सपनाप्रति अत्यन्त प्रतिबद्ध थिइन्, जसका कारण उनी सफल भइन् ।

काठमाडौंको चुच्चेपाटीस्थित पासाङ ल्हामु शेर्पाको पूर्णकदको सालिकमा पासाङ ल्हामु प्रतिष्ठानकी अध्यक्ष छोरी दावा फुटी शेर्पा, कान्छी छोरी दिकी शेर्पा र छोरा नाम्ग्यल शेर्पाले सालिकमा माल्यार्पण गरेका हुन् । 

माल्यार्पण र बौध धर्मअनुसार पूजा गरेर स्मृति कार्यक्रम सम्पन्न गरिएको प्रतिष्ठानका सदस्य फूर्वा तेन्जिङ शेर्पाले जानकारी दिए । स्मृति दिवशको अवसरमा बैसाख ८ गते रक्तदान कार्यक्रमको आयोजना गरिएको र बैसाख १२ गते चावहिलको केएल टावर र सिभिल मलको फिल्म हलबाट उनको जीवनीमा आधारित फिल्म निःशुल्क रुपमा प्रर्दशन गर्ने जनाएको छ । 


 

Advertisement