आजको मौसम :  बागमतीसहित यी प्रदेशमा वर्षा, तराईमा हावाहुरी चल्ने

Advertisement

काठमाडौं । अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई देशका बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ । 

Advertisement

गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागसहित कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

त्यस्तै, कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

साथै, लुम्बिनी प्रदेशलगायत कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्ने विभागको पूर्वानुमान छ । 

त्यसैगरी राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली  रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ भने उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ । 

Advertisement