त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएको छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअसिस) बीच विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएको हो ।

दुवै पक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएपछि अब सबैले विमानस्थलमा निर्बाध इडुरोम प्रयोग गर्न पाउने भएका छन् । नेअसिसले नेपालका सबै शिक्षण संस्था तथा अनुसन्धान गर्ने निकायहरूलाई निःशुल्क इडुरोम सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

के हो इडुरोम ?

विश्वका शिक्षण संस्था तथा अनुसन्धान गर्ने निकायहरूको इन्टरनेटजस्तै एउटा छुट्टै सञ्जाललाई इडुरोम भनिन्छ । शिक्षण, अनुसन्धान तथा पेसागत रूपमा बढी प्रयोग हुने यस इडुरोम प्रयोग गर्दा आफ्नो कम्प्युटरमा भाइरस सर्ने सम्भावना रहँदैन । 

विश्वका सुपर कम्प्युटरहरूको अति शक्तिशाली क्षमतामा निर्बाध पहुँच हुने हुँदा शिक्षण तथा अनुसन्धानको लागि आफैसँग ठूला सर्भर आवश्यक पर्दैन । इडुरोम सेवा आफ्नो मोबाइल वा कम्प्युटरमा छ भने विश्वका कुनै पनि नाम चलेका विमानस्थल, विश्वविद्यालय र अनुसन्धान निकायमा जानेबित्तिकै लगइन नगरिकनै आफै कनेक्ट हुने बताइएको छ । 
 

Advertisement