बैंकहरुको ब्याजदर कम हुँदा पनि घरजग्गा कारोबारमा वृद्धि भएनः बैंकर केसी

Advertisement

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले घरजग्गा व्यवसायमा नेपालका बैंकहरुको करिब ६२५ अर्ब भन्दा बढी लगानी रहेको बताएका छन् । 

उनले कर्जाको करिव १३ प्रतिशत लगानी घरजग्गा व्यवसायमा रहेकाले बैंकहरुको प्राथमिक क्षेत्र पनि भएको बताए । नेपाल घरजग्गा आवास विकास महासंघले ललितपुरमा आयोजना गरेको रियल स्टेट सम्मेलनको आज दोस्रो दिनको कार्यक्रममा बोल्दै अध्यक्ष केसीले उक्त कुरा बताएका हुन् । 

Advertisement

जलविद्युतमा गरेको लगानी भन्दा दुई गुणा बढी, कृषिमा बराबरी जस्तो घरजग्गामा लगानी रहेको बताए । अध्यक्ष केसीले घरजग्गा कारोबारलाई आम मानिस र सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन आवश्यक रहेको उल्लेख गरे । 

विगतमा बैंकहरुको कर्जाको ब्याजदर घट्दा घरजग्गा कारोबार वृद्धि हुने गरेको भएपनि पछिल्लो समय बैंकहरुको ब्याजदर कम हुँदा पनि घरजग्गा कारोबारमा वृद्धि हुन नसकेको बताए । घरजग्गा कारोबारलाई अनुत्पादक क्षेत्रका रुपमा सरकारले हेर्न नहुने बताए । 

अर्थतन्त्रको मेरुदण्डको रुपमा सबैले घरजग्गा कारोबारलाई लिन सक्नुपर्ने उनले बताए । बैंकिङ उद्योगले घरजग्गा कारोबारलाई सकारात्मक रुपमा लिएको बताए । 

Advertisement

Advertisement