युनिक नेपाल लघुवित्तको एक लाख ४० हजार कित्ता शेयर बिक्रीमा

Advertisement

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

संस्थाले विभिन्न संस्थापक शेयरधनीका नाममा रहेको एक लाख ४० हजार ५६५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

Advertisement

यो शेयर खरिदका लागि हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । 

इच्छुक संस्थापकहरूले आवश्यक कागजातसहित ३५ दिनभित्र आफूले खरिद गर्ने शेयर कित्ता र मूल्य खुलाई बाँकेको कोहलपुर–११ स्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयभित्र आवेदन नपरेमा गैरसंस्थापक व्यक्ति तथा संस्थाका लागि  शेयर बिक्री प्रक्रिया अगाडि बढाइने संस्थाले जनाएको छ ।

Advertisement