अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनविरुद्ध अदालत जाँदै कम्पनी

Advertisement

बेइजिङ्ग । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक हालै अमेरिकी सदनमा पास भएको छ । योसँगै टिकटकमाथि प्रतिबन्ध लगाउने बाटो खुलेको छ ।

यता, टिकटकले भने यो निर्णयविरुद्ध अदालतको ढोका ढकढक्याउने जनाएको छ । टिकटक प्रतिबन्ध लगाउने कानुन असंवैधानिक भएको भन्दै कम्पनी अदालत जाने बताएको छ ।  

Advertisement

अमेरिकी संसदका दुवै सदनले कि त टिकटक बेच्नुपर्ने कि अमेरिकामा रोक लगाउनुपर्ने भन्दै विधेयक पास गरेका छन् । त्यसमा राष्ट्रपति जो वाइडेनले बुधबार हस्ताक्षर गरेर कानुन बनिसकेको छ । 

सो प्रक्रिया पूरा गर्न अमेरिकाले टिकटकलाई ९ महिनाको समय दिने जनाइएको छ । टिकटकले जारी गरेको वक्तव्यमा आफूमाथि कुनै पनि वैदेशिक प्रभाव नरहेको र टिकटकका डेटा सुरक्षित गर्नका लागि ठूलो परिमाणको रकम खर्च गरिएको जनाएको छ ।
 

Advertisement