अर्थसचिव मरासिनी राष्ट्र बैंकको सञ्चालक चयन, प्रधानन्यायाधीशसँग लिए शपथ ग्रहण

Advertisement

काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन् । 

सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले उनलाई पद तथा गोपनीयताको शथप ग्रहण गराएका हुन् । 

Advertisement

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्थाछ । सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल, रजिष्ट्रार बिमल पौडेल, सह–रजिष्ट्रारहरू हरिराज कार्की, ठगीन्द्र कट्टेल र अर्जुनप्रसाद कोइराला, नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायतका अधिकारीहरूको उपस्थिति थियो । 

Advertisement