जोकोही अशक्त र गरिब बिरामीले सिफारिस लिएर आउनू, निःशुल्क उपचार हुन्छ : बालेन
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले गरिब तथा अशक्त बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने भएको छ । 

काठमाडौं महानगरका मेयर बालेन साहले सामाजिक सञ्जालमा लेख्दै देशभरका जनुसुकै पालिकाका गरिब तथा अशक्त बिरामी नागरिकले सिफारिस लिएर आए काठमाडौं महानगरले निःशुल्क उपचार सेवा उपलब्ध गराउने बताएका छन् । 

Advertisement

‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला,’ उनले लेखेका छन्, ‘हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार हुनेछ ।’

साथै, उनले टोल छिमेक वा आफन्त यो वर्गमा पर्ने भएमा खबर गरिदिन पनि आग्रह गरेका छन् । 

थप जानकारीका लागि काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागमा पनि सम्पर्क राख्न सकिनेछ । 

undefined

Advertisement