नौ महिना बित्दा अर्थ मन्त्रालयद्धारा लघुबीमामा एकतिहाई मात्रै खर्च

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को पहिलो ९ महिनामा अर्थ मन्त्रालयले लघुबीमा सहयोग कार्यक्रममा १० करोड १७ लाख ९८ हजार रुपियाँ खर्च गरेको छ । 

अर्थ मन्त्रालयबाट प्राप्त चैत मसान्तसम्मको तथ्यांकअनुसार लघुबीमाको प्रवर्द्धन लगायतका काममा अर्थ मन्त्रालयले सो बराबरको रकम खर्च गरेको हो । विशेषगरि, यसमा पशु, बाली र स्वास्थ्य लघुबीमा समावेश गरिएको छ । 

Advertisement

यद्यपि, यो सरकारले लिएको लक्ष्यको २८.३२ प्रतिशत मात्रै हो । सरकारले चालु आवमा यस शीर्षकमा ३५ करोड ९४ लाख रुपियाँ खर्च गर्ने लक्ष्य लिएको थियो । तर, नौ महिनाबितिसक्दा पनि सरकारले लघुबीमा शीर्षकमा एक तिहाईभन्दा पनि कम बजेट खर्च गरेको छ । 

यो अर्थ मन्त्रालयबाट मात्रै लघुबीमा सहयोग सम्बन्धी भएको खर्च हो । कृषि तथा पशुपंक्षी बीमाको अनुदान कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले दिने गर्छ । यसैगरि, स्वास्थ्य बीमाको भुक्तानीसम्बन्धी काम स्वास्थ्य बीमा बोर्डले गर्दै आएको छ, जुन स्वास्थ्य मन्त्रालय अन्तर्गत छ । त्यसमा भएको सरकारी खर्च भने यसमा समावेश छैन । 

Advertisement

Advertisement