नौ महिनामै थपिए साढे ५ लाख करदाता

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ को ९ महिनामा साढे ५ लाख करदाता थपिएका छन् । व्यक्तिगत, व्यवसायिक र करकट्टी गर्ने सो बराबरको करदाता थपिएका हुन् । 

अर्थ मन्त्रालयबाट प्राप्त चैत मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । मन्त्रालयकाअनुसार चालु आवको नौ महिनाको अवधीमा ५ लाख ५१ हजार ५६७ वटा स्थायी लेखा नम्बर जारी गरिएको छ । 

Advertisement

त्यसमा व्यवसायिक स्थायी नम्बर लिनेको संख्या ९० हजार ३०७ रहेको छ । यसैगरी कर कट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बरको संख्या ३ हजार ९८७ देखिएको छ । तथ्यांकअनुसार व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या भने ४ लाख ५७ हजार २७३ रहेको छ । 

योसँगै कुल स्थायी लेखा नम्बर लिने करदाताको संख्या ६१ लाख ५ हजार ५९३ पुगेको छ । त्यसमा व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४१ लाख ६ हजार ८८७, व्यवसायी स्थायी लेखा नम्बर लिनेको संख्या १९ लाख ६६ हजार ६१२ र करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बरको संख्या ३२ हजार ९४ पुगेको छ । 

यस्तै,  चालु आवको ९ महिनामा थप २ हजार ४१२ करदाता मुल्य अभिबृद्धि कर (भ्याट) मा जोडिएका छन् । यसैगरी अन्तः शुल्कमा ७ हजार ४७७ करदाता आवद्ध भएका छन् । तथ्यांकअनुसार हालसम्म भ्याटमा ३ लाख २८ हजार ८८९ र अन्तशुल्कमा १ लाख २४ हजार १५२ जना करदाता आवद्ध छन् । 
 

Advertisement

Advertisement