अर्थतन्त्रलाई सुधार गर्न बैंकको ब्याजदर र आर्थिक नीति स्थिर हुन आवश्यकः पूर्वअध्यक्ष राणा

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणाले अर्थतन्त्रलाई रिभाइभ गर्न बैंकको ब्याजदर र राज्यको आर्थिक नीति स्थिर हुनुपर्ने बताएकी छिन् । 

बिहीवार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघ (एक्यान) ले काठमाडौंमा आयोजना गरेको वर्तमान आर्थिक संकट र अबको सम्भावना विषयमा राष्ट्रिय सम्मेलमा बोल्दै राणाले यस्तो बताएकी हुन् । उनले मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै सरकारले बैंकको ब्याजदर र आर्थिक नीतिलाई स्थिर बनाउनुको विकल्प नभएको दाबी गरिन् । 

Advertisement

अस्थिर नीतिहरुको कारणले पनि निजी क्षेत्रको सरकारले मनोबल उच्च बनाउन नसकेको उल्लेख गरिन् । पूर्वअध्यक्ष राणाले निजी क्षेत्रको मनोबल उच्च बनाउनको लागि आगामी बजेट तथा नीति कार्यक्रममा नीतिगत सुधार आवश्यक रहेको बताइन् । सरकारले निजी क्षेत्रको मनोबल उच्च बनाउन सक्दा मात्रै पनि अर्थतन्त्रमा सुधार आउनसक्ने जिकिर गरिन् । 

अहिले पनि मुलुकको अर्थतन्त्र त्यति धेरै नबिग्रिएको भन्दै अर्थतन्त्रलाई रिभाइभ गर्नसक्ने अवस्था रहेको बताइन् । पछिल्लो समय उद्योग व्यवसाय ३० प्रतिशत क्षमतामा मात्रै सञ्चालनमा आएकाले केही उद्योग क्षेत्रमा समस्या देखिएको बताइन् । उनले पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्न नसक्दा व्यवसायीहरुले बैंकहरुबाट लिएको कर्जा समेत फर्काउन नसकेको बताइन् । 

बजारमा पनि व्यवसायीहरुको उधारो समेत उठ्न नसकेको जानकारी दिइन् । पूर्वअध्यक्ष राणाले एउटा व्यवसाय देख्ने बित्तिकै त्यसैको पछाडी बैंक र व्यवसायीहरु लाग्ने गरेको बताइन् । होटल, सिमेन्ट, औषधि र छड राम्रो भएसँगै सबै व्यवसायीहरु त्यतितिर लगानी लगाउन थालेकाले पनि समस्या आएको बताइन् । 

सानो देशमा धेरै उत्पादन गर्दा खपत गर्न नसक्ने भएकाले त्यस्तो हुँदा निर्यात वेसमा लैजान सक्नुपर्ने बताइन् । बैंक र व्यवसायीहरुले विश्लेषण गरेर मात्रै लगानी गर्न आवश्यक रहेको बताइन् । बैंकहरुले गर्ने लगानी एउटै क्षेत्रमा हुनु नहुने सुझाइन् । 

Advertisement

Advertisement