काँग्रेससहितका विपक्ष दलहरुको अवरोधकाबीच प्रधानमन्त्री दाहालले पाए विश्वासको मत

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली काँग्रेससहितका विपक्ष दलहरुको अवरोधकाबीच प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । 

प्रधानमन्त्री दाहालले काँग्रेससहितको विपक्ष दलहरुबो अवरोधकाबीच १५८ जना सांसदहरु उपस्थित भएकोमा १५७ जना सांसदले सो प्रश्तावको पक्षमा मतदान गरेका हुन् । प्रतिनिधि सभामा हाल उपस्थित रहेका सांसदहरुको संख्या मध्ये १५७ मत बहुमत भएकाले प्रधानमन्त्री दाहालले विश्वासको मत प्राप्त गरेको सभामुख देवराज घिमिरेले घोषणा गरे । 

Advertisement

यता विपक्षहरुले मत नहालेकालेले सो प्रश्तावको विपक्षमा जिरो मत परेको थियो । प्रतिनिधिको अर्को बैठक जेठ ८ गते मंगलवार बिहान ११ बजे बोलाइएको छ । 

Advertisement

Advertisement