नेप्से २१ सय अंक नजिक पुग्यो, पौने ६ अर्ब बढिको कारोबार

Advertisement

काठमाडौं । शेयर बजार निरन्तर बढिरहेको छ । बजार उचालिंदै गएपछि नेप्से २१ अंक नजिक पुगेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २७.५४ अंकले बढेको हो । १.३३ प्रतिशतले बजार बढ्दा नेप्से २०९२ अंकमा उक्लिएको छ । 

Advertisement

आज बैंकिङ समूहमा लगानीकर्ता झुम्मिएका छन् । बैंकिङ, विकास बैंक, होटल, हाइड्रो, लगानी र म्युचुअल फण्ड क्रमशः ४.१८, ०.४२, ०.३९, १.३८, १.८४ र १.२४ प्रतिशतले बढेका छन् । बाँकी समूह राताम्मे भए । 

undefined

त्यस्तै ३१५ कम्पनीका १ करोड ४३ लाख ७० हजार ६ सय ८९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार २ सय १२.१९ रुपियाँ बराबरको कारोबार भएको छ । 

आज विभिन्न ४ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । सामुदायिक लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रो, भगवती हाइड्रो १०–१० प्रतिशतले बढेका छन् भने नेरुडे मिर्मिरे लघुवित्तका लगानीकर्ताहरुले ९.९९ प्रतिशतले नाफा कमाए । 

त्यस्तै उपकार लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.४० प्रतिशतले घाटा व्यहोरे । 

आज पोखरा फाइनान्सको उच्च कारोबार भयो । उक्त कम्पनीको १९ करोड ९२ लाख ९९ हजार ८ सय २४.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार हिजो नेप्से ४५.६९ अंक उचालिंदा ५ अर्ब २५ करोड १० लाख रुपियाँको कारोबार भएको थियो ।  
 

Advertisement

Advertisement