आजको मौसम : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हावाहुरीसहित वर्षा हुने

Advertisement

काठमाडौं । अहिले​ बागमती, गण्डकी  र कर्णाली प्रदेश सहित देशका  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । 

कोशी, गण्डकी, बागमती र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ र हावाहुरीसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञानले जनाएको छ ।

Advertisement

विभागका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । 

त्यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

राति भने कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । 

गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ र हावाहुरीसहित हल्का वर्षा हुने विभागले जनाएको छ ।

Advertisement

Advertisement