काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप अमेरिकामा सुरु भएको छ ।
प्रतियोगिताको पहिलो खेलमा आज घरेलु टोली अमेरिका र क्यानडा प्रतिस्पर्धा गर्दैछन् ।
खेल अमेरिकाको टेक्सासस्थित डालासमा नेपाली समयअनुसार बिहान ६ः१५ बजेदेखि सुरु भएको छ ।
डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा अमेरिकाले टस जितेर पहिले फिल्डिङ रोजेपछि क्यानडाले ब्याटिङ सुरु गरेको हो ।
नेपालले भने मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै टी–२० विश्वकपमा सुरुवात गर्नेछ । समूह ‘डी’ मा नेपाल, दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् भने समूह ‘ए’ मा पाकिस्तान, भारत, आयरल्यान्ड, क्यानडा र अमेरिका छन् ।
समूह बी मा स्कटल्यान्ड, ओमान, इंग्ल्यान्ड, अष्ट्रेलिया र नामिबिया छन् । समूह सी मा पपुवा न्युगिनी, न्युजिल्यान्ड, वेष्टइण्डिज, अफगानिस्तान र युगाण्डा छन् ।
हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन् । सुपर ८ मा दुई समूह हुनेछन् । जसबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।