पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टीओएबीबीच समझदारी

Advertisement

काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) तथा टुर अपरेटर्स एसोसिएसन अफ बंगलादेश (टीओएबी) बीच नेपाल र बंगलादेश दुवै देशको पर्यटन प्रवर्द्धनका लागि सहकार्यात्मक सम्बन्ध स्थापना गर्न एक समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

आज काठमाडौंमा भएको कार्यक्रममा “शिखरदेखि समुन्द्रसम्म“ भन्ने नारा अन्तर्गत गरिएको सम्झौता पत्रमा नेपाल र बंगलादेशको समृद्ध र विविध पर्यटन प्रस्तावलाई प्रवर्द्धन गर्न नाट्टा र टीओएबी बीचको प्रतिबद्धतालाई प्रतिबिम्बित गरिएको छ । दुबै देशको शक्तिलाई संयोजन गरेर, विश्वभरका पर्यटकहरूलाई आकर्षित गर्ने अद्वितीय यात्रा अनुभवहरू सिर्जना गर्ने लक्ष्य राखिएको छ । 

Advertisement

सम्झौता पत्रमा परिचयात्मक भ्रमणहरू आयोजना गर्ने, सम्मेलन र सेमिनारहरू संयुक्त रूपमा आयोजना गर्ने, मार्केटिङ अभियानमा सहकार्य गर्ने, बौद्ध पुरातात्विक स्थलहरूको प्रवर्द्धन गर्ने, पर्यटन सम्बन्धी जानकारीको आदानप्रदान गर्ने, तालिम कार्यक्रमहरू र कार्यशालाहरूमार्फत क्षमता निर्माण गर्ने लगायत अरु धेरै क्षेत्रहरूलाई उल्लेख गरिएको छ ।

सम्झौता पत्रमा नाट्टाका अध्यक्ष कुमारमणि थपलिया र महासचिव युविका भण्डारीले हस्ताक्षर गरेका छन् भने टीओएबीका अध्यक्ष रफेउज्जमान र एमडी डा. तस्लिम अमीन शोभन, निर्देशक (व्यापार तथा मेला) ले हस्ताक्षर गरेका छन् । 

Advertisement

Advertisement