श्रीलंकाको अर्थतन्त्र सन् २०२४ मा २.२ प्रतिशतले विस्तार हुने विश्व बैंकको अनुमान

Advertisement

कोलम्बो । श्रीलंकाको अर्थतन्त्र सन्  २०२४ मा २.२ प्रतिशतले विस्तार हुने र सन् २०२६ मा तीन प्रतिशत पुग्ने अपेक्षा विश्व बैंकले छ ।

सन् २०२४ को प्रारम्भमा, पाकिस्तान र श्रीलङ्का लगायतका धेरै देशहरूमा निजी क्षेत्रको गतिविधि बढेको छ, रिपोर्टमा उल्लेख गरिएको छ । 

Advertisement

रिपोर्टका अनुसार  श्रीलङ्कामा आर्थिक गतिविधि सुदृढ भएको भई पर्यटन र रेमिट्यान्स पनि पुनः प्राप्त भएको छ । यद्यपि तिनीहरू पूर्व–महामारीको स्तर भन्दा तल रहेका छन् ।

दक्षिण एसिया क्षेत्रको आर्थिक वृद्धि सन् २०२४ मा ६.२ प्रतिशतमा झर्ने र सन्  २०२५–२६ सम्ममा यो दर कायम रहने अनुमान गरिएको छ । रासस–सिन्ह्वा

Advertisement

Advertisement