काठमाडौं । प्रभु बैंकले आजदेखि कालिकोट, खाडाचक्र नगरपालिका, वडा नं.०१ मा स्थित मान्मामा ०५ औं शाखा बिस्तार गरी सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकको मान्मा शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
नेपालभर ३०५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत बैंकले सेवा प्रदान गर्दै आएको छ ।