नागरिक लगानी कोषको बार्षिक साधारणसभाबाट १४ प्रतिशत बोनस शेयर पारित

Advertisement

काठमाडौं । नागरिक लगानी कोषको बार्षिक साधारणसभाले आर्थिक बर्ष २०७९–८० को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित १४ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ । 

सोमबार सम्पन्न सभाले उक्त आर्थिक बर्षको लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको हो । 

Advertisement

कोष सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरुले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरुलाई समाधान गरी लगानीलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्ने बताएका थिए । 

कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषको कारोबारलाई क्रमश सूचना प्रविधि मैत्री बनाउँदै आगामी दिनमा विस्तार गर्दै लगिने बताए । उनले शेयरधनीहरुको शेयर संख्या विगत दुई वर्षमा ५५ प्रतिशतले बढेको कारण १४ प्रतिशत बोनस दिएको बताए । 

आर्थिक वर्ष २०८०–८१ को चैत मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम दुई खर्ब ४८ अर्ब एक करोड रुपियाँ पुगेको छ । उक्त अवधिमा कोषले दुई खर्व ३६ अर्ब ८० करोड रुपियाँ लगानी गरेको छ । 
 

Advertisement

Advertisement