सिटिजन्स् बैंकका ग्राहकले चरक मेमोरियल हस्पिटलमा छुट पाउने समझदारी

Advertisement

काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र पोखरा, कास्की स्थित चरक मेमोरियल हस्पिटल बीच सिटिजन्स् बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले चरक मेमोरियल हस्पिटलमा २०% सम्मको आकर्षक छुट पाउनेछन् । 

Advertisement

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । 

बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटिएम, ३ विस्तार काउन्टर र ७४ वटा शाखारहित बैंकिङ्ग इकाइहरुबाट करिव १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।


 

Advertisement

Advertisement