काठमाडौं । सोमबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने स्थिर छ । सुनको मूल्य प्रतितोला ३ सय रुपियाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५० हजार र तेजाबी सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी हिजो जस्तै आज पनि प्रतितोला १ हजार ७ सय ८५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।