काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १५ सय र चाँदी प्रतितोला ४० रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४८ हजार १ सय र तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार ४ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी प्रतितोला १ जहजार ७ सय ३० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।