काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला २१ सय र चाँदी प्रतितोला ३५ रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन हालसम्मकै उच्च प्रतितोला १ लाख ५० हजार ८ सय र तेजाबी सुन प्रतितोला १ लाख ५० हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला १ हजार ७ सय ४० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।