नेपालको अटोमोबाइलमा ‘कर्पोरेट कल्चर’

Advertisement

–शम्भु दाहाल
गाडी उत्पादन र बिक्री गर्ने हरेक कम्पनीमा व्यावसायिक संस्कार (कर्पोरेट कल्चर) हुनुपर्छ । त्यो संस्कार भयो भने नै कम्पनी सफल र दिगो हुन्छ । उसप्रति, उसको ब्राण्ड र सेवाप्रति जनताको विश्वास पनि हुन्छ । जनताको विश्वास बढ्दै गएपछि उसले नाफा पनि बढाउँदै जान सक्छ । कर्पोरेट कल्चरको विकास गर्न हरेक अटोमोबाइल कम्पनीले ख्याल गर्नुपर्ने विभिन्न कुराहरु छन् । त्यसमा पहिलो कडी हो– उसको ग्राहकप्रतिको उत्तरदायिङ्खव, जिम्मेवारी र सेवा । 

नेपालमा गाडी निर्माण निकै प्रारम्भिक चरणमा छ । अहिले मूलरुपमा गाडी आयात गरी बिक्री गर्ने कुरालाई हेर्नुपर्छ । गाडी बिक्री गर्ने हरेक अटोमोबाइल व्यवसायीले पहिले सोच्नुपर्ने कुरा हो बिक्रीपछिको सेवा दिन सक्छु कि सक्दिनँ ? किनभने गाडी बिक्री गरेपछि ग्राहकसँग बिक्रेताको सम्बन्ध कम्तीमा १०÷१२ वर्षसम्म हुन्छ । गाडी बिक्री गर्नासाथ सम्बन्ध सकियो भन्ने हुँदैन बरू सुरूवात हुन्छ । गाडी किन्ने मानिसले पनि यो सम्बन्ध दीर्घकालीन हुन्छ कि हुन्न ? किन्ने बेलामा ख्याल राख्नुपर्छ । 

Advertisement

खासमा, यो सरकारले पनि सोच्नुपर्ने कुरा हो । गाडी उपभोक्ता भनेका आमजनता नै हुन् । ती जनता ठगिनु हुन्न । उनीहरुले गुणस्तरीय सामान र सेवा पाउनुपर्छ । जसले यी कुरा गर्न सक्दैन, उनीहरुमाथि निगरानी र नियन्त्रण गर्नुपर्छ भन्ने कुरा सरकारका सम्बन्धित निकायले सोच्नुपर्छ । हरेक व्यावसायिक संस्थालाई स्वस्थ र प्रतिस्पर्धी ढंगले व्यापार÷व्यवसाय गर्ने वातावरण बनाउनु पनि सरकारको पहिलो दायिङ्खव हो । त्यसमाथि अटोमोबाइल भनेको त राज्यलाई सबैभन्दा धेरै राजस्व बुझाउने क्षेत्र भएकाले पनि यस क्षेत्रलाई सरकारले विशेष रुपमा हेर्नुपर्छ । 

कुनै ब्राण्डको गाडी किन्ने ग्राहकले सहज ढंगले पार्टपुर्जा पाएन, भनेको समयमा नजिकै सर्भिस पाएन, आफूले किनेको गाडी बिक्री गर्न खोज्दा बिक्री पनि हुँदैन भने ग्राहकमाथि अन्याय हुन्छ । सास्ती हुन्छ । उसले दुःख गरेर जोडेको सम्पत्ति जोखिममा पर्छ । आम नेपालीका लागि गाडी किन्ने भनेको एउटा सपना हो । आफ्नो जीवनमा दुःख गरेर कमाएको पैसाले किन्ने गाडी लामो समयसम्म चढ्ने चाहना हुनु स्वाभाविक हो । विकसित देशका ग्राहकले जस्तो छिटोछिटो गाडी फेर्न सक्ने क्षमता नेपाली उपभोक्तामा विकास भएको छैन । एउटा गाडी किन्न पनि सरदर ४०÷५० लाख पर्छ । अरु देशमा हेरी नेपालमा गाडीको मूल्य महँगो छ, करका कारण । यो सानो रकम होइन । त्यसकारण ग्राहकको दीर्घकालीन हित र आवश्यकतालाई ध्यानमा राखेर सेवा दिन गाडी कम्पनीले सकेनन् भने उनीहरुलाई मार पर्छ र राज्यलाई पनि नोक्सान हुन्छ । 

– एउटै समूहले धेरै ब्राण्डका गाडीको एजेन्सी लिने कुरा कानुनले निषेध नगरे पनि स्वयंले विचार गर्नुपर्ने कुरा हो । मूल कुरा भनेको ‘बहुजन हिताय’ हुन्छ कि हुन्न ? भन्ने प्रश्न आउँछ । हरेक व्यावसायिक प्रतिष्ठानको उद्देश्य नाफा गर्नु मात्रै होइन, उसको समाजप्रति पनि दायिङ्खव हुन्छ ।’

बिक्रीपछि बिर्सिने प्रवृत्ति
नेपालमा पछिल्लो समयमा नयाँनयाँ ब्राण्डका गाडी भित्रिने क्रम बढेको छ । ग्राहकलाई छनौटको हिसाबले यो राम्रो पक्ष हो । तर पछिल्लो समयमा आएका प्रायः गाडी बिक्री गर्नेहरुको बिजनेश मोडल हेर्न हो भने ‘सेल इट वन्स, फर्गेट इट’ (एकपटक बिक्री गरेपछि बिर्सिने) प्रवृत्ति देखिन्छ । यो प्रवृत्ति व्यावसायिक संस्कार कदापि होइन । गाडी किन्न ग्राहकको लगानी हुन्छ । बैंकको पनि लगानी हुन्छ । त्यो भनेको जनताको पैसा हो । यो समस्या खासमा चिनियाँ गाडीहरुमा देखिन्छ । 

वास्तवमा उत्तरी छिमेकी चीनको व्यापार गर्ने तरिका फरक छ । ठूलो परिमाणमा उत्पादन गर्ने, बिक्री गरिहाल्ने र नाफा लिइहाल्ने । राज्यले नै त्यसलाई प्रोत्साहन गरेको छ । त्यसमाथि एउटै कारखानाबाट १० वटासम्म मोडल बनाइरहेको हुन्छ । सोही शैलीलाई त्यहाँको सरकारले पनि प्रश्रय दिएको हुन्छ । कुनै पनि देशमा सरकार र गाडी निर्माण कम्पनीको लय नमिली गाडी उत्पादन हुँदैन । राज्य संयन्त्रसँग जोडिएर काम गरेका हुन्छन् । त्यही चिनियाँ शैलीमा नेपालका नाम चलेका व्यापारिक घरानाले पनि एउटै शोरूममा धेरै मोडलका गाडी बिक्रीका लागि राखेको देखिन्छ । एउटै समूहले धेरै ब्राण्डका गाडीको एजेन्सी लिने कुरा कानुनले निषेध नगरे पनि स्वयंले विचार गर्नुपर्ने कुरा हो । मूल कुरा भनेको ‘बहुजन हिताय’ हुन्छ कि हुन्न ? भन्ने प्रश्न आउँछ । हरेक व्यावसायिक प्रतिष्ठानको उद्देश्य नाफा गर्नु मात्रै होइन, उसको समाजप्रति पनि दायिङ्खव हुन्छ । 

दक्षिणी छिमेक प्रजातान्त्रिक मुलुक भएकाले होला, त्यो खालको शैली छैन । उनीहरुमा बढी जिम्मेवार र दिगो व्यावसायिक संस्कार छ । गाडी उत्पादन गरेर बिक्री गर्ने हो भने उसले स्पेयर पार्ट्सको सहज उपलब्धता सोच्नैपर्छ । युरोपियन मुलुकमा गाडी आपूर्ति गर्ने हो भने १० वर्षको स्पेयर पार्ट्सको प्रबन्ध गर्नुपर्ने हुन्छ । भारतमा पनि बिक्रीपछिको सेवा सुनिश्चिता नगर्ने हो भने त्यहाँ विरोध हुन्छ । भारतीय, जापानिज, जर्मनी गाडी निर्माताहरुको ‘संस्कार’ हुन्छ । उनीहरुले ‘सर्भिस सेटअप’ नभई गाडी बिक्री गर्दैनन् । बेचेको गाडी केही भयो भने फिर्ता नै गर्नेसम्मको ग्यारेन्टी गरेको हुन्छ । जर्मन, अमेरिकी गाडी ल्याउने हो भने अर्बौं लगानी पहिले नै गर्नुपर्ने हुन्छ । नभए उनीहरुले डिलरसिप नै दिँदैनन् । तर गाडी एउटा बिक्री गर्दा जम्मा पाँच लाख नाफा हुन्छ । 

हामीकहाँ अहिले नै चिनियाँ गाडीहरुको पार्टपूर्जा पाउन मुस्किल पर्छ । १० सिटभन्दा माथिको सेगमेन्टमा प्रायः चिनियाँले नै ओगटिसकेको अवस्था छ । तर तिनीहरुको स्पेयर पार्ट्सको कुनै पनि पसल अहिलेसम्म देख्न पाइँदैन । अरु देशबाट नयाँ मोडलका गाडी ल्याउँदा तीन महिनाका लागि स्पेयर पार्ट्स पनि एकैपटक ल्याउनुपर्छ । तर चिनियाँको हकमा त्यो नहुँदा भोलि कुनै पनि बेला समस्या सिर्जना नहोला भन्न सकिन्न । चीनमा गाडीहरुको ब्राण्डिङ गर्ने चलन नै छैन । जबसम्म ब्राण्डको अवधारणा हुँदैन, तबसम्म जिम्मेवारी पहिल्याउन सकिँदैन । टाटाको गाडी बिग्रियो वा कुनै निर्माणमै समस्या देखियो भने टाटा कम्पनी वा उसको एजेन्सी लिएको कम्पनीले त्यसको सम्पूर्ण जिम्मेवारी लिन्छ । जब ब्राण्डको अवधारणा हुँदैन तब कम्पनी जिम्मेवार हुँदैन । 

नेपालमा भने राजनीतिक कारणले हुन सक्छ, चिनियाँ गाडीको आयातमा पूर्वतयारी र मापदण्डबिननै गाडी आयात र बिक्री गर्न सहजीकरण गरिएको छ । अटोमोबाइलमा नहुने र गर्न नमिल्ने कुरा नेपालमा पछिल्लो समयमा भइरहेको छ । बिना ब्याकअप ‘आयात गर र बेच’ को शैलीले गर्दा नेपालको अटोमोबाइल बजारमा नै समस्या बढाउने हो कि भन्ने चिन्ता छ । यसले ग्राहकमा अन्योलता र अविश्वास बढाउन सक्छ । 

नेपाल राष्ट्र बैंकले आफूले छपाएको नोटमा ग्यारेन्टी गरेजस्तै गाडी निर्माण गर्ने निर्मातादेखि बिक्री गर्ने बिक्रेतासम्मले आफूले बेचेको गाडीको जिम्मेवारी लिनुपर्छ । बजारको दृष्टिकोणका आधारमा कुनै पनि ब्राण्डको सवारीसाधनको ‘रि–सेल भ्यालु’ (पुनर्बिक्री मूल्य) निर्धारण हुने हो । पहिलेदेखि बिक्री हुँदै आएका इन्धनले चल्ने आइस गाडीहरुको ‘रि–सेल भ्यालु’मा अहिले पनि कुनै कमी आएको छैन । विद्युतीयप्रति मानिसको त्यो दृष्टिकोण बनाउन समय लाग्छ । 
खासमा जहाँसुकैका मानिसमा राम्रो देख्यो वा बजारमा हल्ला चल्यो भने त्यो गाडी किनिहाल्ने  प्रवृत्ति हुन्छ । त्यही प्रवृत्ति बुझेर नै चिनियाँहरु आकर्षक गाडी जताततै पु¥याउन सफल भएका छन् । पछिको नतिजा के आउँछ त्या भने हेर्न बाँकी छ । 

– गाडी बिक्री गर्ने हरेक अटोमोबाइल व्यवसायीले पहिले सोच्नुपर्ने कुरा हो– बिक्रीपछिको सेवा दिन सक्छु कि सक्दिनँ ? किनभने गाडी बिक्री गरेपछि ग्राहकसँग बिक्रेताको सम्बन्ध कम्तीमा १०–१२ वर्षसम्म हुन्छ । गाडी बिक्री गर्नासाथ सम्बन्ध सकियो भन्ने हुँदैन बरू सुरूवात हुने हो ।’

कसरी बढाउने क्षमता ? 
अहिले गाडी आयात गर्ने कम्पनी ४६ वटा पुगेका छन्, जसमा चिनियाँ गाडी आयात गर्ने नै २७ वटा भइसके । पैसा कमाउन सबैलाई मन हुन्छ । कुनै आयातकर्ताको १० वटा गाडी आयात गर्ने क्षमता छ । त्यति गाडी ल्याइसकेपछि के गर्ने ? अरु देशमा जस्तो होइन नेपालमा आयात गर्न सजिलो पनि छ । गाडी आयात र अटोमोबाइल बजारका चुनौतीबारे बहस हुन नै सकेको छैन । यसले अस्वस्थ प्रतिस्पर्धा सिर्जना गर्छ । 

अटोमोबाइलमा आफ्नो परफर्मेन्स (प्रदर्शन)का आधारमा ग्राहकको विश्वास जितेर व्यापार गर्नुपर्छ । कुनै पनि गाडी कम्पनीको डिलरसिप लिँदा नै मापदण्ड निर्धारण गरिएको हुन्छ । सोहीअनुसार चल्न सक्नुपर्छ । यस्तो मापदण्ड कहिले ‘इमोसनल’ पनि हुन्छ । कहिले संख्याको ‘टार्गेट’ पनि दिएको हुन्छ । डिलरसिप टिकाउन धेरै कुरा मिलाउनुपर्ने हुन सक्छ तर मिलाउन नसक्दा त्यो कुरा खोसिन्छ पनि । त्यसको उदाहरण हामीले देखेकै छौं । यस्ता कुरामा डिलरले घमण्ड गरेर पनि हुँदैन । जति डिलरले ‘पर्फम’ गर्न सक्यो, उति उसको क्षमता बढ्ने हो । नत्र गाडी निर्माता कम्पनीले पनि सम्बन्ध तोड्छ । यद्यपि, खुला बजारमा डिलरसिप यताउति हुने कुरालाई अन्यथा लिन मिल्दैन । तर डिलरले पनि कार्यक्षमता देखाउन सक्ने गरी आफ्नो पूर्वाधार र जनशक्ति तयार गर्नुपर्छ ।  पैसा कमाउने इच्छा हरेक लगानीकर्तालाई हुन्छ । लगानी त्यसैको लागि गर्ने हो । पैसा कमाउने नियम तोडेर वा कर छलेर होइन, नियममा बसेर कमाउने हो । कर व्यवस्थापन नियमसंगत नै गर्ने हो । यसविपरीत व्यवसाय गर्दा हरेकले दण्डित हुनुपर्छ । त्यस्तो गर्नेलाई चैनको निन्द्रा पनि आउँदैन । 

अहिले विद्युतीय सवारी साधन (ईभी) मा मोटरको क्षमता कम भनेर ल्याएको चर्चा पनि भइरहेको छ । यदि त्यस्तो गरेको हो भने त एक ठाउँमा मात्रै मिलाएर मिल्ने होइन । धेरैतिर मिलाउनुपर्ने हुन्छ, जुन सहज छैन । सबैले त्यस्तो खालका गतिविधि गर्छन् भन्ने पनि हुँदैन । ईभीको मोटर क्षमता कम भनेर भन्सारबाट ल्याएको आशंका सरकारलाई लाग्छ भने एउटा चेक जाँच गर्ने मेशिन (बेन्च टेष्ट) राख्न सक्नुपर्छ । गाडी आयात हुने सबै भन्सार नाकादेखि आवश्यकताअनुसार काठमाडौंमा पनि हुनुपर्छ । सरकारले नियम बनाउँछ, तर त्यसको कार्यान्वयनका लागि चाहिने प्रविधि, उपकरण वा मेशिन राख्न सक्दैन भने सरकारको पनि कमजोरी हो । हामी अरु देशको उदाहरण दिने तर आफ्नो देशको क्षमता विकास गर्न लागिएन भने कहिले सुधार हुन्छ ? सुझाव दिँदा ठूला कर्मचारीहरु हामीसँग उल्टै रिसाउने प्रवृत्ति छ । 

व्यापार व्यवसाय गर्ने हरेक मानिसलाई केही नयाँ गरौं, राम्रो गरौं भन्ने नै हुन्छ । त्यसका लागि ऊ मानसिक, आर्थिक तथा प्राविधिक रुपमा तयार हुनुपर्छ । अटोमोबाइलको व्यापार गर्ने हरेक कम्पनीसँग पहिला आफूसँग दक्ष र अनुभवी जनशक्ति हुनुपर्छ । आवश्यकताअनुसार गाडी र त्यसको पार्टपुर्जा आयात गर्ने, निश्चित समयसम्म सञ्चय गर्न सक्ने गरी लगानी पनि जुटाउनुपर्छ । सानो पाटपुर्जाले पनि गाडीको मर्मत र सञ्चालन रोकिनु हुँदैन । ‘मैले ग्राहकको विश्वास जित्ने गरी सेवा दिनुपर्छ’ भन्ने भावना हुनुपर्छ । ‘केही लगानी गरेर हेरौं, राम्रो  भए भइहाल्यो, नभए छोडिदिऔंला’ भन्ने मानसिकता लिएर गाडी त के कुनै पनि व्यवसाय गर्न हुँदैन । जुनकुनै व्यापार÷व्यवसाय गर्दा दीर्घ सोच र अठोटका साथ लाग्नुपर्छ । आफ्नो उत्पादन र सेवाको ब्राण्डिङ गर्न लाग्नुपर्छ । अहिले विश्वबजार खुला र झन् प्रतिस्पर्धी हुँदै गएको छ । जसले बढी राम्रो गर्नसक्छ, उसको प्रगति हुन्छ । 

– ईभीको मोटर क्षमता कम भनेर भन्सारबाट ल्याएको आशंका सरकारलाई लाग्छ भने एउटा चेक जाँच गर्ने मेशिन (बेन्च टेष्ट) राख्न सक्नुपर्छ । सरकारले नियम बनाएर त्यसको कार्यान्वयनका लागि चाहिने प्रविधि, उपकरण वा मेशिन राख्न सक्दैन भने यो सरकारको पनि कमजोरी हो ।’

एसेम्ब्लिङः सकारात्मक सुरूवात
भारतको अटोमोबाइल उद्योगको विकास हेर्दा उनीहरुले पनि एसेम्ब्लिङबाटै सुरू गरेर म्यानुफ्याक्चरिङमा गएका हुन् । जापान, अमेरिका, जर्मनीजस्ता मुलुकले जसरी आफंैले अनुसन्धान गरेर गाडी उत्पादन गर्न धेरै लामो समय र खर्च लाग्छ । त्यसकारण नेपाल पनि एसेम्ब्लिङबाटै अघि बढ्ने हो । यही क्रममा हुन्डाई र बजाजले गरेको सुरूवात राम्रो छ । अरुले केहीले पनि तयारी गरेका छन् । नेपालका लागि यो अत्यन्त सकारात्मक कदम हो । एसेम्ब्लिङ गरेर गाडी म्यानुफ्याक्चरिङ गर्ने हो भने नेपाली कम्पनीले निर्यात गर्नैपर्छ । त्यो आँट सबै निर्माण कम्पनीले गर्नुपर्छ । सोही अनुसार आफ्नो क्षमता पनि विकास गर्दै जानुपर्छ । 

नेपाल दुईपांग्रेका लागि बजार ठीक भए पनि चार पांग्रेका लागि खासै छैन । निर्यात नै प्रमुख उपाय हो । एसेम्बल गर्ने उद्योगहरुले भविष्यका लागि समेत सोचेर अहिलेदेखि नै नेपालमै दक्ष जनशक्ति विकास गर्ने, एन्सिलरी इन्ड्रष्टीका लागि करिब सय बिघा जमिनको प्रबन्ध गर्ने, आर एण्ड डीमा लगानी गर्दै जाने र जोखिम न्यूनीकरणका उपाय अपनाउँदै जानुपर्छ । त्यसमा सरकारले पनि साथ दिनुपर्छ । राज्यका निकायले साथ दिएनन् भने यो जोखिमपूर्ण काम गर्न गाह्रो हुन्छ । 

दाहाल नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालका पूर्वअध्यक्ष हुन । कर्पोरेट नेपाल विजनेश म्यागाजिनमा प्रकाशित विचार ।  

Advertisement

Advertisement