हिमालयन लाइफको १ लाख ९६ हजार कित्ता शेयर बिक्रीमा

Advertisement

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरको बिक्री खुला गरेको छ ।

कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १ लाख ९६ हजार ९७३ कित्ता संस्थापकको बिक्री खुलाएको हो । 

Advertisement

यो शेयर हाललाई कम्पनीका विद्यमान शेयरधनीले मात्रै किन्न पाउनेछन् । 

इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र कम्पनीको हात्तीसारस्थित केन्द्रीय कार्यालको कानुन विभागमा निवेदन दिनुपर्नेछ ।

तोकिएको समयमा संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बेचिने कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement