नेपाल इन्स्योरेन्सका डीसीईओ पोखरेलको कार्यकाल ४ वर्ष थप

Advertisement

काठमाडौं । नेपाल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) ईश्वर पोखरेलको कार्यकाल थप भएको छ । 

कम्पनीको सञ्चालक समितिले डीसीईओ पोखरेलको कार्यकाल ४ वर्षका लागि थप गरेको हो ।

Advertisement

थप भएको कार्यकाल भदौ १६ गतेदेखि लागू हुनेछ । 

पोखरेलसँग साबिक युनाइटेड इन्स्योरेन्समा महाप्रबन्धक र नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेर ९ वर्ष काम गरेको अनुभव छ । त्यस्तै, उनले नेपाल एसबिआई बैंक, स्टाण्डर्ड चार्टर्ड बैंकमा पनि काम गरेका  थिए । 

पोखरेलसँग बीमा र बैंकिङ क्षेत्रमा साढे २ दशकभन्दा बढीको लामो अनुभव छ ।
 

Advertisement

Advertisement