काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०७०/७१ देखि आव २०७२/०७३ सम्मको बोनस दर घोषणा गरेको छ । घोषित बोनस दरअनुसार बिमितले सबै प्रकारका बीमा पोलिसीमा समान ६० रुपियाँ बोनस पाउने भएका हुन् ।
कम्पनीको आव २०७०/०७१ देखि आव २०७२/०७३ सम्म कायम रहेको कुल बीमालेख संख्या १ लाख ५२ हजार ८९० को आर्थिक लेखाजोखा र दायित्व मूल्यांकनसमम्बन्धी बीमांकीय मूल्यांकन प्रतिवेदनका आधारमा नियामक निकाय नेपाल बीमा प्राधिकरणले २०८१ भदौ ५ गते स्वीकृति प्रदान गरेको थियो ।
सोही स्वीकृतिबमोजिम कम्पनीले सञ्चालनमा ल्याएको मुनाफfमा सरिक हुने गरी जारी गरेका सबै बीमालेखमा आगामी आव २०८१/०८२ का लागि प्रतिवर्ष प्रतिहजार बीमांकमा ६० रुपियाँ बोनस दर कायम गरेको हो ।
साथै बोनसदर बीमाङ्कीय मूल्याङ्कनको आधारमा परिवर्तनशील रहने कम्पनीले जनाएको छ ।