मध्य भोटेकोशी जलविद्युतको ५ करोड कित्ता शेयरको ‘लक इन’ आजबाट सकिँदै

Advertisement

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको ‘लक इन’ आज (कात्तिक ११) बाट सकिँदै छ । 

कम्पनीको ५ करोड १३ लाख ६० हजार कित्ता शेयरको ‘लक इन’ आजदेखि सकिन लागेको हो । 

Advertisement

कम्पनीका संस्थापक शेयरधनी ३ करोड ६ लाख, सञ्चयकर्ता कर्मचारी १ करोड १७ लाख, संस्थापक शेयरधनीको २१ लाख कित्ता ‘लक इन’ मा थियो ।

त्यसैगरी ऋणदाता संस्थाका कर्मचारीतर्फको ६ लाख, आयोजना प्रभावित स्थानीय बासिन्दाको ६० लाख र कम्पनीका कर्मचारीको ३ लाख ६० हजार कित्ता शेयर ३ वर्षका लागि ‘लक इन’ राखिएको थियो । 

‘लक इन’ अवधि सकिएपछि दोस्रो बजारमा कारोबारयोग्य हुनेछ । तर कम्पनीको सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीले भने शेयर खरिी–बिक्री गर्न पाउनेछैनन् । 

Advertisement

Advertisement